विश्वकै अग्लो त्रिशुल भक्तपुरको चागुँनारायण नगरपालिकामा निर्माण हुने भएको छ।
सनातन हिन्दु परम्परामा भगवान शिवको मुख्य अस्त्रका रुपमा परिचित त्रिशुल निर्माण कार्यको शिलान्यास गरिएको हो।
शनिबार आयोजित बिशेष समारोहकाबीच नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले निर्माणाधिन त्रिशुलको शिलान्यास गरेका हुन्।
महाँकाल त्रिुशलडाँडा उपभोक्ता बिकास संंस्थाले महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनारायण ५ मा १२१ फिट अग्लो त्रिशुल निर्माण गर्न लागेको हो। त्रिशुलका साथै सो स्थानमा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि स्थापना हुने भएको छ।
कार्यक्रममा उपसभापति निधिले अहिलेको संविधानले हिन्दु धर्ममान्नेहरुलाई संरक्षण दिएको भन्दै संविधानको विपरित जानुपर्ने कुनै कारण नभएको बताए।
उक्त त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार ९१३ रहेको आयोजकले जनाएका छन्। आज शिलान्याश गरिएको त्रिशुलको करिब ९ महिनासम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय