प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठनले सरकारको गतिविधीको विरोधमा काठमाडौंमा सिठी जुलुस निकालेको छ । नेविसंघल आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडी सरकारको गतिविधीको विरोधमा सिठी जुलुस निकालेको हो ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहँुमा भएको दुव्र्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।
त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको मा सिठी जुलुस सहभागीहरुको भनाई छ ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केहि पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।
त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधी लोकतन्त्र विरोधी भएकाले विरोध गरिएको बताए । अवका दिनमा सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।
सरकारको गतिविधीको विरोधमा कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन पनि गर्दैछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय