संसदमा रहेका प्रमुख तीन दलको शिर्ष नेताहरुको बैठकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको प्रक्रियालाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको संयुक्त रुपमा विरोध गरेका छन् ।
विघटित संसदको प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेपाली कांग्रेसको आह्वानमा सानेपामा गरिएको सर्वदलिय बैठकमा सत्तारुढ नेकपा भित्रका असन्तुष्ट पक्षका नेताहरुसंगै तेस्रो दल जनता समाजवादी पार्टीका नेताहरु पनि उपस्थित थिए।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'आजको बैठकमा तीन दलले संयुक्त रुपमा यो कदमको विरोध गरेका छौ। घोर अलोकतान्त्रिक, असंवैधानिक र अप्रजातान्त्रिक कदम हो।' यसको विरुद्धमा भोलि तीन ओटै दलका केन्द्रिय समितिहरुको बैठक बोलाइएको छ। उक्त केन्द्रिय समिति बैठकको निर्णय अनुसार त्यसपछि पूर्ण सर्वदलिय बैठक बसेर साझा रणनीति, साझा धारणा बनाएर अघि जाने जानकारी दिए।
त्यसैगरी नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको उक्त कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र निरंकुशता लाध्ने मनसायले आएको व्याख्या गर्दै यसलाई प्रतिवाद गर्न साझा धारणा बनाएर अगाडी बढ्ने सहमति भएको जानकारी दिए।
कांग्रेस, नेकपाको भोलि बेग्ला-बेग्लै केन्द्रिय समितिको बैठक बोलाइएको छ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय