हिमाल दैनिक
कांग्रेसले अब अभिभावकीय भूमिका निर्वाह गर्छ: देउवा
nepali-congress-sher-bahadur-deuba
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको कदम असंवैधानिक अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गरे । यस बिषयमा कांग्रेस सम्यमतापूर्वक अघि बढनुपर्ने उनले बताए । त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसमा कोही पनि सत्ताको लोभमा पर्न नहुने बताए। संसद बिघटनका बिषयलाई कांग्रेसले प्रतिवाद गर्नुपर्ने उहाले उल्लेख गर्नुभयो । बैठकमा , केन्द्रीय सदस्यहरु: महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले गम्भीरता पूर्वक र गहिरो बिश्लेषण गरि कांग्रेसले आवश्यक नीति अवलम्वन गर्ने बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस ८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने प्रवक्ता शर्माले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update