हिमाल दैनिक
कांग्रेसको दोश्रो चरणको आन्दोलन घोषणा
sabhapati-sher-bahadur-deuba
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बिघटन बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले पुस २५ गते कांग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्ने प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकले माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको भन्दै आफ्नै एक्लो व्यानर र झण्डाका साथ प्रदर्शनमा उत्रने बताए । बैठकले पार्टी समायोजनका लागि गठन समितिले तयार गरेको प्रतिवेदन अनुमोदन गरेको छ । प्रतिवेदन बमोजिम अन्य दलबाट आएका नेताहरुको व्यवस्थापन गरिएको प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकले पार्टीको क्रियाशिल सदस्यता बुझाउने मिति माघको मसान्तसम्म तोकेको उनले बताए । कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update