हिमाल दैनिक
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद पुनःस्थापना नै राजनीतिक निकासको प्रस्थानबिन्दु हुने स्पष्ट पारेका छन् । शुक्रबार तरुण दलले भक्तपुरमा आयोजना गरेको विरोध सभामा थापाले संसद बिघटन असंवैधानिक भएको भन्दै पुनःस्थापना नै राजनीतिक निकासको प्रस्थानबिन्दु हुने बताएका हुन् । उनले पुनःस्थापित संसद्ले असंवैधानिक कदम चाल्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई घर फर्काउने उल्लेख गरे। संसद् विघटनको निर्णय घोर असंवैधानिक र प्रतिगामी भएको भन्दै उनले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने बताए । नेता थापाले देश ढिलो चाँडो निर्वाचनमा जाने भएपनि वैशाखमा चुनाव नहुने जिकिर गरे। सुरक्षाका कारण संसदीय समितिमा नआएका प्रधानमन्त्री संसद बिघटन भएपछि बिभिन्न स्थानमा भाषणका गएको भन्दै उहाले प्रधानमन्त्रीलाई कायरको संज्ञा दिए । उहाले संसद बिघटनलाई उल्टाउन चौतर्फी दवाव दिनुपर्ने धारणा राखे। सभामा कांग्रेसका अन्य नेताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमको एकजुट भएर विरोध गर्नुपर्ने बताएका थिए।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update