हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना नभए चुनावमा जानका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले संसद् पुर्नस्थापना भएन भने चुनाव हुने अवस्था आउने भन्दै चुनाव गराउन दबाब दिनुपर्ने समेत बताए । देउवाले अदालतले संसद विघटनलाई सदर गरे प्रचण्ड–नेपालले पनि चुनावमा भाग लिने भन्दै चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै अदालतमा विचराधीन मुद्दाका विषयमा कोही पनि बोल्न नहुने धारणा राखे। सभापति देउवाले अदालतले जे फैसला गरे पनि संसद विघटन गराउने ओलीको कदमलाई आफूहरुले असंवैधानिक भनेको स्पष्ट पारे । सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने भन्दै त्यसबेला ओलीलाई देशमा बस्न नै गाह्रो हुने तर्क गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update