प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।
संसद बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो ।
६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए । त्यस्तै काठमाडौंमा भएको प्रदर्शनमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
यसै क्रममा कांग्रेसले माइतिघरमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई बेवास्ता गरेर प्रधानमन्त्रीले एकलौटी ढंगले संसद बिघटन गरेकाले कांग्रेस विरोध प्रर्दशनमा उत्रिएको बताए ।
उनले मुलुकलाई तानाशाही शासनतर्फ अघि बढाएको र एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको तर्क गरे ।
यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय