हिमाल दैनिक
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामकुमारी झाँक्रीको गिरफ्तारीमा आफ्नो असन्तुष्ट जनाएका छन् । बिहिबार राज्यविरुद्धको कसुर लगाउदै नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले सामजिक संजाल मार्फत राज्यले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खिजेको भन्दै त्यसमा आपत्ति जनाएका हुन् । उनले लेखेका छन्,' कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! ' त्यस्तै उनले सत्य को पक्षमा बोल्ने मुख यस्तो त्रासले बन्द नहुने बताउंदै सरकारलाई झ्यालखानाको संख्याको बढाउन समेत बताएका छन् । https://twitter.com/thapagk/status/1359766947118739462 त्यस्तै उनले अर्को ट्वीटमा भनेका छन् ,'अध्यागमनको संयन्र बलियो बनाउन,क्षमता बढाउन,अभिलेखिकरण चुस्त राख्न, नागरिकको सुरक्षा गर्न सरकारले गर्नैपर्ने काम नगर्ने! उल्टो आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोज्ने? यस्तो घृणित सोच! सरकारको उल्टो गति उल्टै मति!' https://twitter.com/thapagk/status/1359781100529147908

के आधारमा झाँक्रीलाई पक्राउ गरियो त?

यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update