हिमाल दैनिक
नेकपाभित्रको शक्तिसंघर्षले मुलुक संकटमा पर्यो: कार्की
gyanendra-karki
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपाभित्रको शक्तिसंघर्षले मुलुक संकटमा परेको बताएका छन् । इटहरीमा रहेर युवाहरुलाई रोजगारि दिदै आएको पाथीभरा एड्भटाईजिङ्ग तथा पाथिीभारा जव लिङकको सातौ वार्षिक उत्सवका अवसरमा इटहरीमा अयोजित कार्यक्रममा उनले नेकपाकै कारण मुलुक संकटमा परेकाले सवै मिलेर संकटलाई पार लगाउनुपर्ने बताएका हुन्। उनले सुखी र समृद्ध नेपाल बनाउन जनताले नेकपालाई बहुमत दिएपनि सदुपयोग हुन नसकेको धारणा राखे । उनले कांग्रेस जनताको साथमा रहेर मुलुकलाई जोगाउनेतर्फ अघि बढेको जिकिर गरे । त्यस्तै उनले रोजगारिको सिर्जना गर्ने कम्पनिहरु काठमाडौमा मात्र समित रहेको अवस्थामा पुर्व क्षेत्रलाई नै समेटेर स्थापना भएको रोजगारिमुलक सस्थाले देश बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए । त्यस्तै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आगामि दिनमा यस जबलिङकले धेरै युवा युवतीलाई रोजगारिको बाटो देखाउदै लैजान आग्रह गरे । कार्यक्रममा नेपाल बिज्ञापन महासंघका महासचिव कृष्ण घिमिरे र नेपाल वोर्डकास्टिङका चन्द्र न्यौपाने, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पोडैल लगाएतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update