हिमाल दैनिक
नेपाली कांग्रेसको पूर्वनिर्धारित मितिमा महाधिवेसनको गर्न असम्भव भएपछि पार्टीका सबै निकायको कार्यकाल ६ महिना थप गर्ने तयारी गरेको छ । पार्टी विधान अनुसार नियमित रुपमा महाधिवेसन हुन नसकेको कांग्रेसको एक बर्ष भित्रपनि अधिवेसन हुन नसकेपछि आज बस्ने केन्द्रिय समितिले संविधानको प्रावधान अनुसार ६ महिना थप गर्न लागेको हो । विधान अनुसार ५ बर्षिय कार्यकाल फाल्गुन १९ गते समाप्त हुँदैछ । गत बर्षको पौष ११ गते पार्टीले १४ औं महाधिवेसन फाल्गुन ७ गतेका लागि तय गरेको थियो । तर, महाधिवेसनको मिति आउन २ दिन बाँकी रहँदा पनि महाधिवेसनको प्रमुख आधारको रुपमा रहेको क्रियाशील सदस्यता नविकरण र वितरण कार्य एकाद जिल्लामा बाहेक कुनै पनि जिल्लमा टुङ्गिन सकेको छैन । जसका कारण पार्टीको महाधिवेसन निर्धारित मितिमा असम्भव बनेको हो । यसका अतिरिक्त गत पौषदेखि चीनबाट फैलिएको कोरोना महामारीका कारण झन्डै १० महिनासम्म पार्टीका गतिविधिहरु प्रभावित बनेको थियो । आज बस्ने केन्द्रिय कार्यसमिति बैठकमा महाधिवेसनको पूर्वनिर्धारित मितिमा संविधान अनुसार ६ महिना थप गर्दै तद अनुसारको महाधिवेसनको कार्यतालिका बारे छलफल गर्ने तयारी भईराखेको छ । असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेललगायतका नेताहरुले थपिएको समयअवधिमा बैशाख,जेष्ठ भित्रै अधिवेसनको मिति तय गरेर कार्यतालिका बनाउन जोड दिंदै आएको छ । तर, पार्टी संस्थापन पक्षले प्रतिनिधि सभा विगठन भएको अवस्थामा अदालतमा विचाराधीन मुद्दाको फैसला प्रतिनिध सभा सदर हुन सक्ने भएकोले मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर महाधिवेसनको कार्यतालिका तय गर्न जोड दिएको छ । आजको बैठकले प्रतिनिधि सभा विगठनको बिषयमा देश ब्यापीरुपमा पार्टीले गरेको बिरोधसभाको समिक्षा गर्नुको साथै आगामी रणनीति बारे पनि छलफल गर्ने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update