नेपाली कांग्रेसको १४ औं महाधिवेशन ६ महिना पर सार्ने प्रस्ताव गरिएको छ । पार्टीको विधान अनुसार थपिएको १ बर्ष सहित ५ बर्ष भित्रमा पनि विविध कारणवश अधिवेशन सम्पन्न हुन नसकेपछि संविधानको सहर लिएर पार्टीको कार्यकाल ६ महिना थप गरिने भएको छ । बुधबार दिउसो पार्टी कार्यलय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा पार्टीको १४ औं महाधिवेशन भदौ ७ गते देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ ।
यसअघि गत बर्षको ११ गतेको बैठकले पार्टीको महाधिवेशन पर्सि फाल्गुन ७ गते देखि १० गतेसम्म गर्ने प्रस्ताव गरेको थियो । तर, क्रियाशी, सदस्यता वितरण तथा नबिकरणको बिषय नै टुंगो नलागेपछि महाधिवेशन पूर्वनिर्धारित समयमा असम्भव भएको थियो । आज अपरान्ह २ बजे बोलाइएको केन्द्रिय समितिको बैठकमा नेताहरुको वार्ता र सहमति पश्चात विधानका दफाहरु निलम्बन गर्ने प्रस्ताव गरेको छ । यसै गरि गाउँ/नगर वडाको अधिवेशन असार २० गते, गाउँपालिका /नगरपालिकाको असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते प्रतिनिधि सभाको असार २७, एक मात्र जिल्ला क्षेत्र भएको जिल्लमा असार २७, एकभन्दा बढी क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन श्रावण ६ गते गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै केन्द्रिय महाधिवेशन काठमाडौँमा भदौ ७,८,९,१० हुन् प्रस्ताव गरिएको छ ।
https://www.himaldainik.com/28851/2021/
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय