पछिल्लो राजनीतिक घटनाक्रमसंगै बिदेशी चासो बढेर गएको छ । सर्वाच्च अदालतले पतिनिधि सभा विगठनको निर्णय बदर गरेसंगै बद्लिएको राजनीति परिवेशमा उत्तर र दक्षिणी छिमेकी राजदुतहरुले आफ्नो दौडधुप बढाएका हुन् ।
भावी सरकार गठनको तालाचाबी भएका विश्लेषण गर्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग बिहिबार नेपालका लागि चिनिया राजदुत होउ यान्छी र भारतीय राजदुत विनयमोहन क्वात्राले भेटवार्ता गरे। सभापति देउवाका निजि सचिब भानु देउबाले दिएको जानकारी अनुसार बिहिबार साँझ पहिले चिनिया राजदुत यान्छी र पछि भारतीय राजदुत क्वात्राले बेग्लाबेग्लै भेटबार्ता गरेका थिए।
करिब आधा-आधा घण्टासम्म दुवै मुलुकका राजदुतहरु संग समसामयिक राजनीतिक परिस्थिति संगै दुइ देशको सम्बन्धको बिषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय