नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको डंका पिटेको बताएका छन्।
प्रतिनिधि सभाका सांसद थापाले मंगलबार सामाजिक संजालमा संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर असंवैधानिक नियुक्तिको बिरोध गर्दा प्रधानमन्त्री ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिटेको आरोप लगाए।
उनले लेखेका छन्,'संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झुट प्रधानमन्त्रीज्यू!'
थापाले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन आफुहरु सदनमा प्रतीक्षारत रहेको बताए ।
पुस ५ गतेको प्रतिनिधि सभा विघटनको निर्णयलाई संवैधानिक इजलासले फागुन ११ गते बदर गर्दै आइतबारदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन घेरेका थिए। त्यअघि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेका थिए । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका थिए। सोमबार बिश्व महिला दिवसको उपलक्ष्यमा एक आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको प्रतिक्रिया दिंदै उनले एसिड आक्रमणकारीविरुद्ध अध्यादेशविरुद्ध कडा कानुन ल्याउँदा पनि केहीले विरोध गरेको गुनासो गरेका थिए । उक्त कार्यक्रममा उनले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका थिए ।संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने?झुट @PM_Nepal ज्यू! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।
— Gagan Thapa (@thapagk) March 9, 2021
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय