अस्पतालमा उपचारत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाको बिषयमा कतिपय संचार मध्यम र सामाजिक संजालको प्रयोगकर्ताका कारण उपचारमा संग्लग्न चिकित्सक तथा जोशीका परिवारलाई बिगत १० घण्टादेखि अनावश्यक तनाव बढेको छ।
गत फागुन १३ गते राती स्वास्थ्यमा समस्या आएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । त्यसपछि उनलाई वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।
गएराति देखि बिभिन्न मिडिया र सामाजिक संजाल प्रयोगकर्ताले नै अपुष्ट समाचार र सन्देश प्रकाशित गरेपछि नर्भिक अस्पतालले बिज्ञप्तिनै जारी गरेर त्यसको खण्डन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अस्पतालले जारी गरेको उक्त बिज्ञप्तिमा भनिएको छ ‘केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।’
त्यस्तै जोशीको अधिकारी फेसबुक पेजबाट पनि दुई पोष्ट भएका छन् उक्त पोस्टमा उनको स्वास्थ्य अवस्था बारे सामाजिक संजालमा फ़ैलाइएको भ्रमपूर्ण समाचार बारे कुनै सत्यता नरहेको प्रष्ट गरिएको छ । 'कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।' पोष्टमा भनिएको छ ।
Posted by Nabindra Raj Joshi on Tuesday, March 16, 2021
नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर... Posted by Nabindra Raj Joshi on Tuesday, March 16, 2021
Posted by Nabindra Raj Joshi on Tuesday, March 16, 2021
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय