नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थीत प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरेपनि पछि हट्न नहुने समेत बताए । जनताले कम्युनिष्टलाई म्यान्डेड दिएपनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाई छ ।
उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।
५ बर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफुहरुको धारणा रहेको उनले बताए ।
नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको बताए ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय