हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नहुने टिप्पणी गरेका छन्। अध्यक्ष थापाले सामजिक संजाल ट्वीटर मार्फत परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको बताए । नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको छ, भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेका छन् भनि आलोचना गरेका छन् । उनले समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ’कस्मेटिक’परिवर्तनको कुनै अर्थ नरहेको बताए । नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी रहेको उल्लेख गरे । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ भन्ने अध्यक्ष थापाको भनाई छ । https://twitter.com/KTnepal/status/1323481085439692800 https://twitter.com/KTnepal/status/1323481087264268289
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update