हिमाल दैनिक
'ओली-विद्याको जोडी' विरुद्ध हतियार उपयुक्त हतियार उठाउन बाबुरामको दबाब
baburam-twiiter
जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको जोडी कायम रहिरहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुण्डिरहने बताएका छन्। बिहिबार आफ्नो ट्विटर मार्फत पूर्व प्रधानमन्त्री भट्टराईले भने,'वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके।' त्यस्तै उनले संविधानले व्यस्था गरे अनुरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई महाभियोग र अविश्वासको प्रस्ताव ल्याई हटाउनु पर्ने समेत धारणा राखेका छन् । त्यस्तै उनले भनेका छन्,'अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है! ' प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बधी अध्यादेश ल्याएको र द्रुत गतिमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सत्तापक्षदेखि प्रतिपक्ष दलसम्म राष्ट्रपति र प्रधानमन्त्रीको चौतर्फी आलोचना भएको छ ।

ओली सपनाको भ्रूण हत्या

उनले भर्खरै केही आँधो आदेशको टेलर मात्रै देखाएका न हुन्। एक जना कलाकारको पूर्ण कला देख्न र त्यसबाट भरपूर मज्जा लिन पाउनु दर्शकको मौलिक हक नै हो। त्यो हकको हनन् गर्ने अधिकार कसैलाई छैन।

थप पढ्नुहोस्:

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update