नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि अब माओवादी केन्द्रले सरकारलाई समर्थन दिने वा नदिने बारे छलफल गर्न आज पार्टी कार्यलय पेरिसडाँडामा केहि समय बैठक बसेको छ ।
आइतबार सर्वाच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पहिलो बैठक हो । बैठकमा आज ब्युँतिएको माओवादी केन्द्रले नेकपा एमालेलाई नै समर्थन गर्ने वा प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपा संग मिलेर नयाँ सरकार बनाउने भन्ने बारे छलफल हुने बताइएको छ।
सरकारमा सहभागी माओवादी नेताहरु भने बैठकमा उपस्थित छैनन्।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय