हिमाल दैनिक
नेकपा (माओवादी) केन्द्रले सरकार र सदन सञ्चालनबारे काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको बैठकले नयाँ परिस्थितिबारे काँग्रेस र जसपासंग छलफल गर्ने निर्णय गरेको हो । बैठकले आवश्यक परे एमालेसंग पनि संवाद गर्ने निर्णय गरेको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल गर्न फाल्गुन २९ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बिषयमा भने कुनै छलफल नभएको उनले बताए । सर्वोच्च अदालतले नेकपा एकता भंग गरेसँगै नेकपाका दुवै घटक एमाले र माओवादी अलग–अलग भएका छन् । अलग भएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक बसेको हो । बैठक बुधबार पनि बस्ने नेता श्रेष्ठले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update