हिमाल दैनिक
नेकपा ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासहित नेकपा माओवादी केन्द्रका २३ सदस्यहरुलाई एमाले केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । आज बालुवाटारमा बसेको बैठकमा ओलीले गृहमन्त्री थापा , ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई एमालेको केन्द्रिय समितिमा मनोनित गरेका हुन्। अब एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या दुई सय ६४ पुगेको छ। एमालेको विधानमा १० प्रतिशतसम्म मनोनीत गर्न पाउने व्यवस्था छ । त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरुलाई हटेको छ । उक्त बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत सबै पद हटाइएको छ। त्यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पार्टीको प्रवक्ता पदमा निक्युत गरिएको छ भने बादललाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ । बैठकले पार्टीको १० औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update