हिमाल दैनिक
नेकपा एमालेले प्रदेशको नयाँ इन्चार्ज तोकेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले माधव नेपाल पक्षका इन्‍चार्ज हटाएर नयाँ इन्चार्ज तोकेको हो । जसमध्ये बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापालाई दिईएको छ । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई प्रदेशको इन्चार्जमा निक्युत गरिएको हो । त्यस्तो सुदुरपश्चिम प्रदेशमा नेता भिम रावललाई इन्चार्ज बाट हटाएर लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिईएको छ। प्रदेश १ को इन्‍चार्जमा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको छ । आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता बादल सहित अन्य २३ पूर्व माओवादीका नेताहरुलाई एमालेको केन्द्रिय सदस्यमा मनोनित गरिएको थियो। मनोनित हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाखी, कमल चौंलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलालबहादुर थापा, दधिराम न्यौपाने, गिरधरि लाल, झपट बोहोरा, दावा लामा, चन्द्रबहादुर खड्का, डम्बर बिष्ट, गौरीशंकर चौधरी, नवीन रोक्का, धर्मराज रेग्मी र दिनेश पन्थी रहेका छन्। त्यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् । त्यस्तै आजको बैठकले महासचिवबाहेकका सबै पदाधिकारी हटाएको छ ।    
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update