हिमाल दैनिक
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो राजीनितिक घटना क्रमबारे छलफल गर्न आज बिहान ९ बजे पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा आकस्मिक बैठक बोलाइएको हो। शुक्रबार नेकपा ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासहित नेकपा माओवादी केन्द्रका २३ सदस्यहरुलाई एमाले केन्द्रिय सदस्यमा मनोनित गरेका थिए । त्यसलगत्तै माओवादी केन्द्र उक्त बिषयमा छलफल गर्न बिहान बैठक आह्वान गरेको माओवादी केन्द्रका सदस्यले जानकारी दिए। उनका अनुसार आजको बैठकमा एमाले प्रवेश गरेका बादल लगायतका २३ नेताहरुलाई कारबाही गरिनेछ। उनिहरुको सांसद पदबाट बर्खास्त गरिने तयारी माओवादी केन्द्रले तयारी गरिराखेको उनले बताए । सर्वाच्चले एमाले र माओवादीलाई ब्युताई दिएपछि पछिल्लो समय राजीनितिक घटना क्रमले नयाँ मोड लिएको छ । एमाले र माओवादी ब्युताईएपछि केपी ओलीले हिजो माओवादी केन्द्रका रामबहादुर थापा लगायतका २३ सदस्यलाई एमालेको केन्द्रिय सदस्यमा मनोनित गरेका थिए। उनले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेर नेपाल-खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि एमाले र माओवादी केन्द्रमा ठुलो राजीनितिक हलचल पैदा भएको छ । ओलीको उक्त कदमपछि शुक्रबार साँझ नेपाल-खनाल पक्ष पनि आकस्मिक बैठक बसेको थियो। उनका बैठकले ओलीले विधानविपरित एकलौटी निर्णय गरेको निष्कर्ष निकालेको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update