जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललाई भेट पेरिसडाँडा पुगेका छन्। सर्वाच्चले संसद विगठन बदर गरेपछि र एमाले र माओवादी केन्द्र ब्युताई दिएपछि पछिलो समय सत्ता समीकरणमा प्रतिनिधि सभामा चौथो दलको रुपमा रहेको जसपाको हलचल बढेर गएको छ।
आज जसपाका अध्यक्ष महन्थ ठाकुर र डा. बाबुराम भट्टराई अध्यक्ष दाहाललाई भेट्न पेरिसडाँडा पुगेका हुन् । सत्ता समीकरणमा पछिल्लो समय जसपाको निर्णायक भूमिकामा देखिएको छ । जसपासंग ३४ सांसद छन्। जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा परेका छन्। सरकार गठनमा महत्वपूर्ण भूमिका देखिएको जसपा पछिल्लो समय एमाले, माओवादी र कांग्रेससंग बार्गेनिङ ब्यस्त छ ।
यसअघि शुक्रबार जसपाका शिर्ष नेताहरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका थिए। भेटवार्तामा रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने कुरा उठेको ठाकुरले जानकारी दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय