नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्ष बीच भेटवार्ता सुरु भएको छ। सर्वाच्च अदालतले आदेशसँगै एमाले ब्यँतिएपछि एमालेभित्रको विवाद चर्को रुपमा बढ्दै गएपछि आज ओली पक्ष र नेपाल पक्षका नेताहरुको पार्टी कार्यलय धुम्बाराहीमा छलफल सुरु भएको हो ।
पछिल्लो समय सत्तारुढ दल भित्र चर्किएको अन्तरिक किचलो बढ्दै गएपछि आज दुबै पक्षका केही नेताहरूले छलफलको प्रयास गरेका थिए। फल स्वरूप आज ओली र नेपाल बैठक बसेका छन्।
अदालतले एमाले र माओवादी ब्युताईदिएपछि ओली र नेपालको यो पहिलो औपचारिक भेट हो । यो बैठक आज बालुवाटारमा राखिएको थियो । तर नेपाल पक्षका नेताहरु बालुवाटार जान नमाने पछि बैठक पार्टी कार्यलय धुम्बाराहीमा राखेको थियो ।
उक्त बैठकमा ओली पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ रहेका छन् भने नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय