हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्ष बीच भेटवार्ता सकिएको छ । आज नेकपा एमालेको पार्टी कार्यालय धुमबाराहीमा चार महिनापछि बसेको बैठकमा दुवै पक्षले आ-आफ्नो अडान राखेको रघुजी पन्तले जानकारी दिए । बैठकबाट बाहिरिने क्रम संचार मध्यम संग कुरा गर्ने क्रममा नेता पन्तले वार्तामा दुवै पक्ष्का नेताहरुले आ-आफ्नो विचार राखेको र वार्ता सकारात्मक रहेको बताएका हुन् । फागुन २३ गते सर्वाच्चले ऋषि कटवालको पक्षमा फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युताई दिएपछि नेपाल र ओली पक्षका नेताहरु पहिलो पटक औपचारिक रुपमा बैठक बसेका हुन्। उनले बैठकमा फागुन २८ गते अध्यक्ष ओलीको नेतृत्वमा बसेको केन्द्रिय समितिले गरेको निर्णय नेपाल पक्षले न मान्ने अडान लिएको पन्तले बताए। उनले भने,''२८ गते भएको बैठकको निर्णय स्वीकार्दैनौँ । त्यो बैठकको निर्णय नमान्‍ने कुरा राख्यौँ'
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update