नेकपा एमालेका नेता माधवकुमार नेपालले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा क्रममा उहाले पार्टीभित्र देखिएका समस्या समधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका हुन् ।
कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि दुई पक्षबीच सहमति भने हुन सकेन । छलफलका क्रममा नेपाल पक्षले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने धारण राखेको थियो ।
छलफलपछि नेता नेपालले बिभिन्न बिषयमा ओलीसंग छलफल भएको बताए । उनले पार्टीभित्र देखिएको मतभेद र समस्यालाई कार्यदल नै बनाएर समधान गर्नुपर्नेमा जोड दिएको बताए ।
बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले यसबीचमा भएका सवै बिषयमा दुवै पक्षको आफ्नै अडान कायम रहेको जानकारी दिए । एमालेलाई एकताबद्ध बनाएर लैजान छलफललाई निरन्तरता दिने उनले बताए । त्यस्तै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा खुलस्त रुपमा सवै बिषयमा छलफल भएको र एमालेभित्रको अन्तरविरोधलाई छलफलबाटै समाधान गर्नुपर्नेमा साझा निष्कर्ष निकालिएको बताए
नेपाल समूहले २८ फागुनमा ओलीले एकलौटी निर्णय गर्दै पदाधिकारीहरु खारेज गरेको भन्दै आपत्ति जनाउदै आएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय