हिमाल दैनिक
नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने समेत बताए । एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ । अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले स्पष्ट पारे । त्यस्तै गौतमले दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छोड्ने बताए । सर्वोच्च अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनस्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उनले बताए । त्यस्तै उनले पुनस्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन ओलीलाई सुझाव दिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह ओली समूहसंग अलग भएको थियो । त्यससमय देखिनै गौतम मध्यमार्गीधार सहित एकता अभियानमा लागेका थिए । सर्वोच्चको दलसम्बन्धी आदेशपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update