हिमाल दैनिक
ओलीजी अनुयायी नखटाउ, बरु आउनु प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस्: भट्टराई
nepal-pax-nekapa
नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई बुधबारको कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गरेका छन् । राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सममेलनमा उहाले नेता भट्टराईले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन गरेका हुन् । यसअघि मंगलबार नै बालुवाटारमा आयोजित चियापानमा ओलीले माधव समूहको भेलामा नजर लगाउने बताएका थिए । नेता भट्टराईले अहिलेको अवस्थामा विवेकसंगत ढंगले अघि बढ्नुपर्ने बेला भएकाले आवेग र उत्तेजनानमा नआउन प्रधानमन्त्रीलाई आग्रह गर्दै त्यस्ता अभिव्यक्तिले दुर्घटना निम्तनेतर्फ सचेत रहन समेत सजग गराए । कारबाहीले मुलुक, राजनीति र पार्टी अघि नबढ्ने बताउँदै भट्टराईले मुलुक, संविधान र प्राप्त गरेको जनसमर्थको लागि उभिएकाहरू कारबाहीको लागि लामबद्ध भएको उल्लेख गरे । उनले एकपटक इतिहासमा फर्कन अनुरोध गर्दै ओलीकै कारण पार्टी लथालिङ्ग नहोस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गरे । नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता बिष्णु रिजालले जानकारी दिए । भेलाले पार्टीलाई मजबुद ढंगले अघि बढाउन मद्धत पुग्ने उनले बताए । भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरु लगाएत सहभागी हुने रिजालले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update