नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको संसदीय दलको बैठक आह्वान गरेका हुन् ।
आजको बैठकमा भने नेकपा एमालेका खनाल-नेपाल पक्ष भने उक्त बैठकमा सहभागी नहुने बताएको छ । अझ त्यही समयमा खनाल-नेपाल पक्षले पनि ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा ११ बजे आफूनिकटका सांसदहरूको बैठक बोलाएको एक स्रोतले जानकारी दिए।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले गरेको संसद विगठन गरेसंगै र सर्वाच्चले उक्त निर्णय बदर गरेपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टीभित्र तिक्तता बढेर गएको थियो । पार्टीको फुटको संहारमा रहेको तत्कालिन नेकपालाई सर्वाच्च अदालतले खारेज गरेर एमाले र माओवादी ब्युताईदिएसंगै नेपालमा पछिल्लो राजीनितिक परिवेश परिवर्तन भएको छ ।
एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाए र माओवादीका २३ जना सदस्यलाई केन्द्रीय सदस्य मनोनित गरेपछि नेपाल पक्षले पनि त्यसको प्रतिकार गर्दै केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने निर्णय गर्यो । जसअनुसार नेपाल पक्षले प्रदेशमा नेपाल समूहले आफ्नै समानान्तर कमिटी घोषणा गर्यो ।
सोमबार ओली पक्ष र नेपाल पक्षका बीच पार्टी कार्यलय धुम्बाराहीमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल पक्षले २८ फागुनमा ओलीले एकलौटी निर्णय गर्दै पदाधिकारीहरु खारेज गरेको भन्दै आपत्ति जनाए भने ओली पक्षका नेताहरुले राष्ट्रिय भेला आयोजना नगर्न सुझाव दिए ।
नेपाल पक्षले भने हिजोबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । आज पनि उक्त बेला केहि बेरमा सुरु हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय