हिमाल दैनिक
साउन महिनाको अन्तिम दिन आज सुनको मुल्य घटेको छ। शुक्रबार प्रति तोला ९८ हजार ६ सय रुपैयाँ कारोबार भएको सुन आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रति तोला ९८ हजार ४ सय निर्धारण गरिएको छ। त्यस्तै महासंघले आज तेजाबी सुनको मल्य ९७ हजार ९ सय रुपैयाँ तोकेको छ। शुक्रबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मुल्य आइतबार २०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मुल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। शुक्रबार १३ सय ५५ रुपैयाँ कारोबार भएको चाँदी आज १३ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। साउन महिनामा पहेंलो धातु (सुन)को मुल्यमा निकै उतार-चदाव देखिएको छ। महिनाको पहिलो दिन सुनको मुल्य ९२ हजार ७०० रुपैयाँ रहेको सुन साउन पाँच गतेसम्म घट्दै गएको थियो। साउन ६ गते पुन ९२ हजार ७०० रुपैयाँ पुगेको सुन त्यसपछि भने बढ्दै गयो। निरन्तर बढ्दै गएको सुनको मुल्य २१ गते १ लाख नाघ्यो। नेपाली बजारमा सुनको मुल्य यसरी १ लाख नाघेको पहिलो पटक हो। साउन २१ गते १ लाख १४ सय रुपैयाँ पुगेको सुन २७ गते सम्म सामान्य घट-बढ भईराख्यो। साउन २८ गते सुनको मुल्य ६ हजार ४ सय रुपैयाँले घट्यो। ६ दिन १ लाखमाथि करोबार भएको सुन सातौ दिन सम्म आइपुग्दा ६ हजार ४ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ पुग्यो। सुन साउन २५ गते अहिले सम्म कै उच्च बिन्दुमा पुगेको थियो। त्यसबेला सुनको मुल्य १ लाख २६ सय रुपैयाँमा करोबार भएको सुन आज महिनाको अन्तिम दिनसम्म आइपुग्दा ४ हजार २ सय रुपैयाँले घटेको छ। त्यस्तै तेजाबी सुनको मुल्य साउन २५ गते सबै भन्दा उच्च रहेको थियो। उक्त दिन तजाबी सुन प्रति तोला १ लाख २१ सय रुपैयाँले कारोबार भएको थियो। चाँदी साउन १ गते १ हजार ५ रुपैयाँमा कारोबार भएको अन्तिम दिनसम्म आइपुग्दा ३२० रुपैयाँले बढेर १३ सय २५ पुगेको थियो। चाँदी साउन २७ गते अहिले सम्मकै उच्च मुल्य(प्रति तोला १४५३ रुपैयाँ)मा पुगेको थियो।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update