चर्चित भारतीय फिल्म 'शोले'का सुर्मा भोपालीको किरदार गर्ने जगदिप जफ्फ्रीको निधन भएको छ। शोले फिल्ममा सुर्मा भोपालीका किरदार निभाएका भारतीय अभिनेता जगदिप को ८१ बर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि क्यान्सरले पिडित जगदिप बुधबार बेलुका ८: ४० बजे मुम्बई स्थित आफ्नै निवासमा मृत्यु भएको भारतीय संचार मध्यमले जनाएको छ।
जगदिपले बलिउडमा सन् १९५१ को 'अफ्सना' फिल्ममा बाल-कलाकारका रुपमा डेब्यु गरेका थिए। हास्य कलाकारका रुपमा उनले पहिलो फिल्म 'डो बिगा जमिन' मा अभिनय गरेका थिए। सन् १९७५ को फिल्म 'शोले'मा उनको 'सुरमा भोपली' किरदारलाई दर्शकले निकै रुचाएका थिए। त्यसपछि सन् १९७२ को फिल्म 'अपना देश' मा पनि उनको कामको निकै तारिफ भएको थियो । सन् १९९४ मा आएको 'अन्दाज अपना अपना' मा जगदिप सलमान खानका बुबाको किरदार निभाएका थिए।
उनले ३ पटक बिवाह गरेका थिए। जावेद जफ्फ्री र नावेद जफ्फ्री उनको दोश्रो श्रीमतीबाट भएका थिए । केहि समय अघि जगदिपका नाती मिजानले पनि बलिउडमा आफ्नो कदम राखेका छन्। जावेदका छोरा मिजनले संजय लिला भन्सालीको 'मलाल' फिल्म बाट डेब्यु गरेका थिए।
शोलेमा सुरमा भोपलीको किरदारबाट मसुर भएका जगदिप लामो समय देखि क्यान्सरबाट लड्दै आएका थिए। उनको आजै दाहसंस्कार गरिने बताइएको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय