बलिउड अभिनेता संजय दत्तमा फोक्सोको क्यान्सर देखिएको छ। अभिनेता दत्तको क्यान्सर स्टेज-३ मा पुगेको भारतीय संचार मध्यमका जनाएको छ। संचार मध्यमका अनुसार मंगलबार राति संजयका साथीले यस कुराका खुलासा गरेका हुन्।
दुई दिन अघि सास फेर्न समस्या भएपछि उनलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको धेरै संचार मध्यमले कोरोना भएको हुन सक्ने अनुमान गरेपनि उनको कोरोनाको रिपोर्ट भने नेगेटिभ आएको थियो। अस्पतालमा गरिएको परिक्षणका आधारमा उनको फोक्सोमा स्टेज-३ को क्यान्सर भएको पत्त लग्यो। अहिले उनि उपचारका लागि अमेरिका गएको खबर भारतीय मिडिया दैनिक भास्करले बताएको छ।
हिजो संजयले आफ्नो इंस्टाग्राम मार्फत केहि समयका लागि फिल्मबाट छोटो ब्रेक लिएको जानकारी दिएका थिए।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय