काठमाडौं – चलचित्र आमा निर्देशन गरेका दिपेन्द्र खनालले नयाँ चलचित्र बनाउने तयारीमा लागेका छन् । चलचित्र 'आमा' ले व्यवसायिक सफलता प्राप्त गरेपछि उनले नयाँ चलचित्र चिसो मान्छे बनाने भएका हुन् ।
यस चलचित्रको छायाँकन कोरोनाको महामारी सकिएपछि शुरु गरिने जनाइएको छ । चलचित्र २०७८ भाद्रमा प्रदर्शन गरिने बताइएको छ । यस चलचित्रमा अभिनेता स्वस्तिमा खड्का र अभिनेत्री अर्पण थापाको अभिनय रहने बुझिएको छ ।
चलचित्रमा अर्पण थापाले लिखित रुपमै सम्झौता गरिसकेका छन् । स्वस्तिमाले भने लिखित रुपमा सम्झौता गरिसकेकी छैनन् ।तर कथा भने मनपराएकी छिन् । यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । निर्देशक दिपेन्द्र खनालले चलचित्र 'पशुपति प्रसाद' र 'आमा'निर्देशन गरेका थिए ।
अहिले चलचित्रको स्क्रिप्टको काम भइरहेको र चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न स्थानमा गरिने जनाइएको छ । चलचित्रमा सुदूरपश्चिम भेगको परिवेश र लबज मिसाइने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय