हिमाल दैनिक
अमित शाहले दिए कंगनालाई वाई-क्षेणीको सेकुरिटी
kangana-amit-shah
बलिउड अभिनेत्री कंगना रनोटलाई भारतको केन्द्रिय सरकारले वाई-क्षेणीको सुरक्षा दिने भएको छ। केन्द्रिय गृह मन्त्रालयले अभिनेत्री रनोटलाई वाई-क्षेणीको सुरक्षा दिने निर्णय गरेको हो। पछिल्लो समय कंगना र शिव-सेनाका एक नेता संजय राउत बीच ट्वीटरमा झगडा सर्बत्र भाइरल बनेको छ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले आफ्नो ट्वीटर मार्फत एक पछि अर्को बिबादित अभिव्यक्ति दिदै आएकी थिइन्। त्यही क्रममा उनले मुम्बई पीओके (पाकिस्तान अकुपाई कश्मिर) जस्तो महसुस भएको अभि व्यक्ति दिएपछि नेता राउत उनि माथि खनिएका थिए। त्यो अभिव्यक्ति पछि राउत र कंगनाबीच ट्वीटर भनाभन भएको थियो। 'जुन थालमा खायो त्यही थालमा थुक्यो' भन्दै राउतले कंगनालाई पिओके जना समेत सल्लाह दिएको थिए। यी दुई बीचको विवाद बढ्दै गएपछि राउतले कंगनालाई मुम्बई न आउन पनि चेतावनी दिए। त्यसपछि कंगनाले सेप्टेम्बर ९ मा मुम्बई आउछु कसैको हिम्मत छ भने रोकेर देखाऊ भन्दै अभिव्यक्ति दिईन। कंगना बिरुद्ध मुम्बईमा र्याली समेत निकालिएको थियो। सेप्टेम्बर ९ मा मुम्बई आएपछि कंगनालाई अब वाई-क्षेणीको सुरक्षा पाउने छिन्। भारतमा वाई-क्षेणीको सुरक्षा भिआइपी व्यक्तिहरुलाई मात्र दिने गरिन्छ। यो तेस्रो लेभलको सुरक्षा हो जसमा २ कमान्डर र २ पिसिओ सहित ११ सुरक्षाकर्मीले कंगनालाई सुरक्षा दिने छन्। वाई-क्षेणीको सुरक्षा पाएकी कंगनाले गृह-मन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन्। उनले अमित शाहलाई ट्याग गर्दै लेखिन्,'यो प्रमाण हो।अब कुनै पनि देशभक्ति आवाजलाई फासिवादीले कुल्चिन सक्दैन। म अमित शाहप्रति आभारी छु। उहाले चाहे मलाई केहि दिन पछि मुम्बई आउन सल्लाह दिन सक्नु हुन्थ्यो तर उहाले भारतको एक चेलीलाई बचाउनुभयो। हाम्रो स्वभिमान र आत्मसम्मानको लाज राख्नु भयो। जय हिन्द। ' https://twitter.com/KanganaTeam/status/1302846165637971969
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update