हिमाल दैनिक
तेलेगु कलाकार जय प्रकास रेड्डीको निधन
jay-prakash-reddy
भारतको तेलुगु सिनेमाका चर्चित कलाकार जय प्रकास रेड्डीको निधन भएको छ। मंगलबार बिहान रेड्डी गुंटूर आध्र प्रदेश स्थित आफ्नो घरमा हृदयघाटका कारण मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ। ७४ बर्षिय रेड्डीको शव बाथरुममा लडेको अवास्थ्यमा भेटिएको संचार मध्यमले जनाएको छ। उनले साउथ फिल्ममा कैयौ फिल्म खेलेका छन्। उनि पहिले गुंटूरको एक स्कुलमा पढाउने काम गर्थे। सानै उमेर बाट अभिनय गर्न रुचाउने रेड्डी बेला बखतमा स्टेज शो गर्थे। उनले पहिलो फिल्म 'ब्रह्म पुत्रुदु' मा अभिनय गरे । अभिनयमा खासै सफलता नपाएपछि उनि फेरी स्कुलमै पढाउने काम गरे। एक दशकपछि उनि प्रेमिचुकंदम रा फिल्म बाट आफ्नो कम्ब्याक गरे। अभिनेता नन्दमुरी बालकृष्णको फिल्म 'समरसिम्हा रेड्डी'ले उनलाई नयाँ पहिचान दियो। त्यसपछि उनले कैयौ हिट फिल्ममा अभिनय गरेका छन्। जसमध्य 'नरसिम्हा नायडू', 'आनंदम', 'निजाम', 'कबड्डी कबड्डी, 'चिन्ना', 'धरमपुरी', 'किंग', 'किक', बिंदास', 'गब्बर सिंह', 'लीजेंड', 'ब्रूस ली : द फाइटर', 'नेनू राजू नेनू मंत्री' और 'लवर्स' रहेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update