हिमाल दैनिक
निषेधाज्ञा खुकुलो भए पनि सिनेमा हल बन्द रहने
2020-09-09_cine-ma-hall
काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि खुकुलो भएर जोर—बिजोर प्रणालीमा सवारी साधन सञ्चालन हुने भए पनि यसको फाइदा मनोरञ्जन क्षेत्रले भने उपयोग गर्न पाउने छैन । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे पनि शैक्षिक संस्था, सिनेमा हल, नाटक घर, जिमखानालगायत यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् । कोरोनाका कारण गत वर्षको चैत ६ गतेबाट सिनेमा घर बन्द छन् । नेपालमा करिब २०० सिनेमा घर छन् । जसमा १२ अर्ब लगानी छ । कोरोनाका कारण निर्माण सम्पन्न भएका २ दर्जन सिनेमा हल बन्द हुँदा अलपत्र परेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update