हिमाल दैनिक
हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो' लाई कोरोना संक्रमण, भन्छन् - 'कोरोनाले माया गर्दा र बिछोड हुदै गर्दा फरक हुदो रहेछ'
1599897858-lfMgA
काठमाडौँ । हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो'लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई कोरोना संक्रमण भएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । हाँस्यटेलिसिरियल जिरे खुर्सानीबाट भोकलाग्यो नामले चिनिएका पराजुलीलाई कोरोना संक्रमण भएको उनले नै बताएका छन् । उनले आफुलाई कोरोना संक्रमण हुँदा र निको हुन लागेको अवस्थाको बारेमा बताएका छन् । सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा अर्थात संक्रमण हुँदा र कोरोनाबाट बिछोड हुदाको अवस्थाको तस्बिर शेयर गरेका छन् । उनले कोरोना लागेको समयमा केही असहज भएको भएता पनि अहिले भने आँफुमा आत्मविश्वास बढेको बताएका छन् । जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा निभाएका उनी धेरैका मनपर्ने कलाकार हुन् । COVID ले माया गर्दा र COVID संग बिछोड हुदै गर्दा कति फरक हुदो रहेछ अनुभब गरियो ।राम्रो भैराको छ है ।  
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update