म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र टोटेनह्यामका टड्गे एन्डोम्बेलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएपछि पोग्बा र एन्डोम्बेलेलाई अर्को महिना हुने नेसन्स लिगका लागि तयार फ्रान्सेली राष्ट्रिय टोलीबाट हटाइएको छ।
युनाइटे८का २७ वर्षे स्टार पोग्बाको ठाउँ नेसन्स लिगमा तत्कालका लागि इडवार्डो कामाभिङ्गाले लिनेछन्। यसैगरी उनीहरूले इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनका सुरुआती केही खेल गुमाउन सक्ने छन्।
१४ दिन अनिवार्य सेल्फ आइसोलेनसमा बस्नु पर्ने भएकाले पोग्बा अर्को हप्ताबाट सुरु हुने युनाइटेडको प्रि-सिजन तयारीमा अनुपस्थित रहने डेली मेलले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय