हिमाल दैनिक
मेसीलाई अर्जेन्टिनी राष्ट्रपतिको सन्देश : तिमि आफ्नै देशमा खेलेको हेर्न चाहन्छौं !
lionel-messiargentina-president-alberto-fernandez_918wzwosxov11xjk2gijemkqa

लियोनेल मेसीलाई अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फेर्नानडेजले एक संदेश पठाउदै घरेलु क्लब नेवेल ओल्ड ब्वायज क्लबमा फर्किन आग्रह गरेका छन् ।

मेसीले बार्सिलोना छोड्ने बताएपछि आउदो सिजन खेल्ने क्लबका बारेमा अनिश्चित भइरहेका बेला अर्जेन्टिनी राष्ट्रपति फेर्नानडेजले यस्तो संदेश दिएका हुन् ।

अर्जेन्टिनाको टेलिभिजन सि५एनमार्फत संदेश दिदै राष्ट्रपति फेर्नानडेजले भनेका छन् - तिमि हाम्रो मुटुमा छौ र हामीले आफ्नो देशमा तिमीलाई खेलेको अहिलेसम्म देखेका छैनौं । आफ्नो क्यारियर तिमी आफ्नो पूर्व क्लब नेवेल ओल्ड ब्वायजमा अन्त्य गरेर हामीलाई खुशी देऊ ।'

यस अघि मेसीको पूर्व क्लब नेवेल ओल्ड ब्वायजका फ्यानहरुले सडकमा मेसी आफ्नो क्लबमा फर्किनु पर्ने माग राख्दै सडकमा प्रदर्शनमा उत्रिएका थिए ।

मेसीले बार्सिलोना छोड्ने प्रकरणमा ला लिगाले आइतबार बार्सिलोनाको सम्झौता अनुसार ७ सय मिलियन युरोको रिलिज क्लज अनुसार नै मेसीले क्लब छोड्न सक्ने बताएपछि थप अन्योलता बढेको छ । ला लिगाले मेसीले अहिले फ्री-ट्रान्सफरमा बार्सिलोना छोड्न नसक्ने बताएको छ ।

मेसीलाई भित्र्याउन अहिले सबैभन्दा अगाडी म्यानचेस्टर सिटी देखिएको छ । सिटीले सय मिलियन युरोसँगै तीन खेलाडी दिने प्रस्ताव गरेको बताइएको छ ।

त्यस्तै सिटी बाहेक पिएसजी, युभेन्टस, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान जस्ता क्लब मेसीलाई भित्र्याउने दौडमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update