हिमाल दैनिक
क्यानले मुख्य प्रशिक्षकसहित पाँच पदमा आवेदन माग्यो
unnamed
नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित आवश्यक पाँच पदको लागि खुल्ला आवेदन मागेको छ. क्यानले विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकको लागि कम्तिमा लेभल ३ गरेको हुनुपर्ने छ । तीन वर्ष प्रशिक्षकमा अनुभव भएको हुनुपर्ने माग गरेको छ । जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पूर्ण सदस्य, प्रथम श्रेणी, आइसिसी एसोसिएट सदस्य वा अन्तर्राष्ट्रिय लिगमा काम गरेको हुनुपर्ने छ । क्रिकेटकै वरपर रहिरहेको र ओडिआई टोलीलाई सम्हाल्न सक्ने क्षमता ज्ञान आवश्यक पर्ने जनाएको छ । ६० वर्ष भन्दा कम उमेर हुनुपर्ने छ । नेपाली क्रिकेटबारे जानकारी भएको हुनुपर्ने छ । भाषामा अंग्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्ने छ । क्यानले आफ्नो नीति र योग्यता अनुसार प्रशिक्षक छनोट गर्ने छ । महाप्रबन्धकको लागि शैक्षिक योग्यता मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिामा दुई वर्ष २ वर्ष नेतृत्व पदमा रहेर काम गरेको हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । क्यानले वित्त प्रबन्धकको लागि कम्तिमा पाँच वर्ष एकाउन्टिङ फाइनान्समा म्यानेजरमा काम गर्नु पर्ने हुन्छ । शैक्षिक योग्यता बिजनेश, फाइनान्स वा एकाउन्टमा मास्टर डिग्री गरेको हुनुपर्ने हुन्छ । उमेर नेपाली ५५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ । क्यानले ७ प्रदेशको लागि ७ स्थानीय प्रशिक्षकको पनि माग गरेको छ । कम्तिमा लेभल वान गरेको हुनुपर्ने छ । क्यानको निर्देशनमा प्रदेश र जिल्लामा जान इच्छुक हुनुपर्ने हुन्छ । युवा प्रतिभालाई चिन्न सक्ने क्षमता स्थानिय प्रशिक्षकमा हुनुपर्ने हुन्छ । नेपाली २५ वर्षदेखि ५५ वर्ष उमेरका ब्यक्तिले आवेदन दिन सक्ने छन् ।
क्रिकेट व्यवस्थापकका लागि क्यानले लेभल टु गरेको हुनुपर्ने जनाएको छ । ब्यवस्थापनमा मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update