हिमाल दैनिक
बार्बेडोस बिरुद्ध सन्दिपको औषत प्रदर्शनमा जमैका पराजित, फाइनल प्रवेशका लागि ट्रिनबागोसँग खेल्ने
gettyimages-1228362821-2048x2048-1
क्यारेवियन प्रिमियर लिग (सिपिएल) टी-२० अन्तर्गत आफ्नो नवौं खेलमा जमैका तलावाज बार्बेडोस ट्राइडेन्ट्ससँग ७ विकेटले पराजित भएको छ। ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा सम्पन्न खेलमा जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो। बार्बेडोसको जितमा कप्तान जेसन होल्डरले शानदार ब्याटिङ गर्दै ६९ रन बनाए यस क्रममा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै जोनाथन कार्टरले ४४ बलमा ४ चौका मद्दतले अविजित ४२ रन बनाए। मिचेल स्यान्टनरले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए। १७ रनमा २ विकेट गुमाएको अवस्थामा तेस्रो विकेटको लागि होल्डर र कार्टरले ८० रनको साझदारी गरेका थिए। होल्डरलाई सन्दिप लामिछानेले १३ औं ओभरमा एलबिडब्लु आउट गरेर साझेदारी तोडेपछि पनि कार्टरले एक किनार सम्हालीरहे र स्यान्टनरसँग अविजित ५२ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। जमैकाको बलिङमा ओशेन थोमस, प्रेस्टन म्याकस्विन र सन्दिप लामिछानेले समान १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो। उसको लागि ओपनर जर्माइन ब्ल्याकवुडले सिपिएलकै पहिलो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए त्यसक्रममा ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै आन्द्रे रसेलले आक्रामक ब्याटिंग गर्दै २८ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाए। ग्लेन फिलिप्सले १७ रन बनाए। बार्बेडोसको लागि जेसन होल्डर, जोशुवा बिशोप, राशिद खान र हेडेन वालशले समान १/१ विकेट लिए। सेमीफाइनल समीकरण पुरा, जमैकाले सेमिफाइनामा ट्रिनबागोसँग खेल्ने ९ खेल खेल्दा ३ जित र ५ हार बेहोरेको जमैकाले १ खेल खेल्न बाँकी रहेको अवस्थामा अंकतालिकाको चौथो स्थानमै सिमित हुने पक्का भएको छ। अंक तालिकामा पहिलो स्थानमा ट्रिनबागो पनि १ खेल खेल्न बाँकी रहँदै पहिलो स्थानमा रहने पक्का भइसकेको छ। सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो हुने टिम प्रतिस्पर्धा गर्ने हुँदा ट्रिनबागोसँग जमैकाको भेट पक्का भएको हो। अब जमैकाले आज राति १२ बजे सेन्ट लुसिया जुक्स बिरुद्ध अन्तिम लिग खेल खेल्नेछ त्यसपछि सेप्टेम्बर ८ तारिख राति ट्रिनबागोसँग सेमिफाइनल खेल्नेछ। दोस्रो सेमिफाइनामा सेप्टेम्बर ९ तारिख बिहान सेन्ट लुसिया र गायनाले प्रतिस्पर्धा गर्नेछ। बार्बेडोस र सेन्ट किट्स लिग चरणमै रोकिए। सन्दिपको मध्ययम प्रदर्शन जारी लिगमा लगातार नवौं खेलमा औषत लय जारि राख्ने क्रममा सन्दिपले आइतबार बिहान थप एक विकेट हात पारे। टिमका अन्य बलर भन्दा निकै किफायती बलिङ गरेका सन्दिपले ४ ओभरमा २६ रन खर्चिए। त्यसक्रममा बार्बेडोस तथा वेस्टइन्डिज टिमका वर्तमान कप्तान जेसन होल्डरको विकेट लिएका थिए। सन्दिपको पहिलो ओभर : ९ रन (२, , , , , २) नवौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दिपले ९ रन खर्चिए। जेसन होल्डर र कार्टरलाई सन्दिपले खुलेर खेल्न सकेनन्। सन्दिपको दोस्रो ओभर : ३ रन (०, , १ लेगबाई, , , ०) लगत्तै स्पेलमा झनै उत्कृष्ट बलिङ गरेका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। ओभरमा उनले ३ बल डट गरे। चौथो बलमा सन्दिपले गरेको गुगलीले ब्याट्सम्यानलाई कटेर गएता पनि थोरैले स्टम्प ढल्न चुकेको थियो। ओभरमा कार्टर र होल्डरले सन्दिपलाई खेल्न संघर्ष गरे। सन्दिपको तेस्रो ओभर: ५ रन दिएर १ विकेट (२, , वाइड, विकेट, , , ०) १३ औं ओभर बलिङ गर्ने क्रममा सन्दिपले तेस्रो बलमा जेसन होल्डरको विकेट लिँदै होल्डर र कार्टर बीचको महत्वपूर्ण ८० रनको साझेदारी तोडे र जमैकालाई खेलमा फर्काए। ६९ रन बनाएका होल्डरलाई ओभरको तेस्रो बलमा सन्दिपले एलबिडब्लु धरापमा पारे। सन्दिपले गरेको गुगलीलाई रोक्न खोज्दा होल्डरको अगाडिको खुट्टामा लागेको थियो। ओभरमा सन्दिपले मात्र ५ रन खर्चिए। सन्दिपको चौथो ओभर : १० रन (६ , , , , ,) १५ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिपलाई ओभरको पहिलो बलमै मिचेल स्यान्टनरले छक्का प्रहार गरे। सन्दिपले माथि गरेको गुगलीलाई स्यान्टनरले लङ अन माथि हिर्काएका थिए। त्यसपछि भने ओभरमा सन्दिपले कसिलो बलिंग गरे। ओभरमा १० रन खर्चदै सन्दिपले स्पेल अन्त्य गरे। सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा उक्लिए बार्बेडोससँग १ विकेट लिएपछि प्रतियोगितामा ११ विकेट पुर्‍याएका सन्दिप धेरै विकेट लिने बलरको सूचीमा चौथो स्थानमा उक्लेका छन्। चौथो स्थानमा संयुक्त रुपमा सन्दिपसँगै ११ विकेट लिँदा नभिन उल हक, राशिद खान, केसरिक विलियम्स र मोहम्मद नाबी छन्। लिगमा सबैभन्दा धेरै विकेट इमरान ताहिरले १५ विकेट लिएका छन्। दोस्रो धेरै स्कट कग्लेजिनले १४ तथा मुजिब उर् रहमानले १३ विकेट लिएका छन्।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update