यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा बलियो टोली मानिएको इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिदा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ ।
इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो । म्यान्चेष्टर सिटीका इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए । स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए ।
समूह ‘ए’ को खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ । प्रिमियर लिग क्लब टोटेनहमका स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो ।
घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजिकको नेतृत्वमा नेदरल्याण्डस मैदान उत्रिएको थियो ।
म्यान्चेष्टर युनाईटेडमा भर्खरै ३५ मिलियन पाउण्डमा आबद्ध भएका डोन भान डी विक वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो । गत महिनामात्र उनले बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय