हिमाल दैनिक
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ)ले इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन भारत बाहिर गर्ने निर्णय गरेको छ। कोरोना महामारीका बीचमा बिसिसिआइले आइतबार खेल तालिका सार्बजनिक गर्दै यस बर्षको आइपिएल असोज ३ गते देखि कार्तिक २५ सम्म युएइमा गर्ने निर्णय गरेको हो। खेल-तालिका:

  टुर्नामेन्ट सुरु हुनु अघि नै चेन्नई सुपर किंग्सका १३ खेलाडीमा कोरोना पुष्टि भएको थियो। अहिले फेरी दिल्ली क्यापिटलसमा पनि कोरोना संक्रमण देखिएको छ। आइतबार दिल्ली क्यापिटलस टिमले उनको एक सदस्यमा कोरोना पुष्टि भएको जानकारी दिएका थिए। संक्रमित टिमका फिजियोथेरेपिष्ट रहेका छन्। टिमले भने अहिलेसम्म उनि टिमका कुनै पनि सदस्यसंग सम्पर्कमा नआएको दाबी गरेको छ। यस अघि बिसिसिआइले युएईमा भएका टिम र स्पोर्ट स्टाफसहित कुल १९८८ जनाको कोरोना परिक्षण गरिसकेको जानकारी दिएको थियो। परिक्षण चेन्नई सुपर किंग्सका १३ सदस्यहरुमा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमितमध्य एक टिमका बलर दिपक चाहर र ब्याट्समेन ऋतुराज गायकबाड रहेका छन्।
कोरोना त्रासबीचमै आइपिएल सीजन–१३ को खेल असोज ३ देखि सुरु गर्ने तालिका सार्वजनिक

बोर्डले भदौ २१ गते सार्बजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल असोज ३ गते चेन्नई सुपर किंग्स र अघिल्लो सिजनका बिजेता मुम्बई इन्डीयन्स बीच आबुधावी हुनेछ । दिल्ली क्यापिटल्स को खेल भने असोज ४ गते किंग्स इलेभेन पन्जाब संग दुबईमा हुनेछ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update