काठमाडौं-नेसन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ। स्वीडेनमाथि जित निकाल्ने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी सय गोल पूरा गरे।
घरेलु टोली स्वीडेनमाथि बुधबार विहान भएको खेलमा पोर्चुगलले २-० गोलको जित निकाल्यो। पोर्चुगलको जितमा दुबै गोल रोनाल्डोले गरे। ४४औं मिनेटमा १० खेलाडीमा सीमित बनेको स्वीडेनमाथि ४५औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले सय गोल पूरा गरेका थिए।
रोनाल्डोले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्दै कीर्तिमान बनाएका हुन्। विश्वमा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा इरानका अली डेई रहेका छन्। उनले १९९३ देखि २००६ सम्म १०९ गोल गरेका थिए।
पहिलो हाफमा १-० गोलको अग्रता दिलाएको रोनाल्डोले दोस्रो हाफमा पनि एक गोल थपे। खेलको ७२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–० गोलको जित दिलाए।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय