फ्रान्सले नेसन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा विश्वविजेता फ्रान्सले क्रोसियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, डायोट उपमेकानो र ओलिभर जिराउडले गोल गरे। एक गोल भने फ्रान्सले उपहारस्वरुप पाएको थियो। क्रोसियाका लागि भने डिजन लोभरेन र जोसिप ब्रेकालोले गोल फर्काए।
सुरुवाती अग्रता भने क्रोसियाले लिएको थियो। खेलको १६औं मिनेटमा डिजनले गोल गर्दै क्रोसियालाई १-० गोलको अग्रता दिलाए। तर खेलको ४३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफकै अन्तिम समयमा क्रोसियाले आत्मघाती गोल गर्नु पुग्यो। डोमिनिक लिभाकोभिचले बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि फ्रान्सले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय