तेस्रो तथा अन्तिम टी-२० खेलमा घरेलु टिम इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेसँगै अस्ट्रेलियाले टी-२० वरीयतामा शीर्ष स्थान कायम राख्न सफल भएको छ।
तीन खेलको सिरिजमा सुरुवाती दुई खेलमा पराजित भएसँगै सिरिज गुमाएको अस्ट्रेलियाले तेस्रो खेलमा सान्त्वना जित मात्र निकालेन आफ्नो शीर्ष वरीयता पनि कायम राख्यो।
टी-२० वरीयतामा अस्ट्रेलिया २७५ रेटिङका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको इंग्ल्यान्डको २७१ र तेस्रो स्थानको भारतको २६६ रेटिङ छ।
मंगलबार राति साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो। उसका लागि जोनी बायस्ट्रोले ५५ रन जोडे।
बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए।
१४६ रनको लक्ष्य अस्ट्रेलियाले ३ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि मिचेल मार्सले नटआउट ३९ रन र अस्टन अगरले नटआउट १६ रन जोड्यो। त्यसअघि कप्तान आरोन फ्रिन्चले पनि ३९ रन बटुलेका थिए।
बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ विकेट लिए।
अब दुई टिमबीच एकदिवसीय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय