इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो ।
एभर्टनका लागि खेलको ५५ औं मिनेटमा डोमिनिक काल्भर्ट–लेभिनले गोल गरे । उनले लुकास डिग्नीको पासमा गोल गरेका हुन् ।
सो गोल नै निर्णायक भएपछि एभर्टनले ३ अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय