हिमाल दैनिक
प्रिमियर लिगमा लेस्टरको विजयी सुरुवात, भार्डीको दुई गोल
Jemy Verdy-1600013302
इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको आफ्नो पहिलो खेलमा लेस्टरले यसै सिजन प्रिमियर लिगमा बढुवा भएर आएको वेस्ट ब्रुमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ब्रुमको मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे भने टिमोथी कास्टाग्नेले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको लेस्टरले खेलको ५६ औं मिनेटमा टिमोथीको गोलबाट अग्रता लिएको थियो । डिफेन्डर टिमोथीले डेब्यु खेलमै लेष्टरका लागि गोल गरेका हुन् । बेल्जियमका डिफेन्डरलाई लेष्टरले इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको हो । खेलको ७४ औं र ८४ औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत २ गोल गरेका थिए । जितसँगै लेष्टरले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update