हिमाल दैनिक
आईपिएलः मुम्बईद्वारा चेन्नईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत
7ATYZjdx
१३औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) उद्घाटन खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ। अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको हो। मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए। यस्तै ओपनर क्विन्टन डे ककले ३३ रन बनाउँदा किरन पोलार्डले १८ रन जोडे। सूर्यकुमार यादवले १७ रन बनाउँदा हार्दिक पाण्ड्याले १४ रन जोडे। कप्तान रोहित शर्माले १२ रन बनाएर आउट भए। चेन्नईका लागि दक्षिण अफ्रिकाका लुङ्गी ङ्ग्दीले ३ तथा दीपक चहर र रविन्द्र जडेजाले २-२ विकेट लिए। साम कुरान र पियुस चावलाले  १-१ विकेट हात पारे। प्रतियोगिताको इतिहासमा चौथो पटक दुवै टीमले ओपनिङ म्याच खेलेका हुन्। दुवै टीमबीच अहिलेसम्म भएका तीन ओपनिङ म्याचमा दुई पटक मुम्बई इन्डियन्स र एक पटक सीएसके विजयी भएका छन् । आईपीएल पहिलो पटक खाली स्टेडिमयमा हुँदैछ। कोरोना महामारीका कारण आईपीएल पहिलो पटक दर्शकविना नै युएईमा हुन लागेको हो।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update